काठमाडौ माघ १५ ,नेपालका पूर्व सांसदहरूले संसद पुनर्स्थापना सम्बन्धी रिट याचिकामा तुरुन्त सुनुवाई नभएकोमा प्रधानन्यायाधीशसंग भेट्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसका पूर्व सांसद श्याम घिमिरे लगायतका नेताहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसंग भेटी आफ्नो रिटमा निरन्तर सुनुवाईको माग गर्ने तयारी गरेका हुन्। उनको रिटमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीको नियुक्तिलाई असंवैधानिक बताइएको छ।

सर्वोच्च अदालतमा यस विषयमा जम्मा १७ वटा रिट दायर भएका छन्। एक पटक प्रारम्भिक सुनुवाई भए पनि पछि लामो समयदेखि सुनुवाई भएको छैन। अदालतले मात्र साधारण तारेख मात्र तोकेको छ।

रिट निवेदकहरूले असंवैधानिक रूपमा गठित सरकारले घोषणा गरेको निर्वाचनका सबै कार्यवाही रोक्न पनि माग गरेका छन्। उनीहरूको दावी अनुसार धारा ७६ र १३२(२) को उल्लंघन गरी कार्कीलाई प्रधानमन्त्री बनाइएको हो।