बेइजिङ माघ १५, चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र बेलायतले बहुपक्षीयता र स्वतन्त्र व्यापारका समर्थक राष्ट्रका रूपमा सँगै मिलेर साँचो बहुपक्षीयताको वकालत र अभ्यास गर्नुपर्ने बताएका छन्।

बेइजिङमा भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग बिहीबार भएको भेटमा राष्ट्रपति सीले अन्तर्राष्ट्रिय कानुन सबै देशले पालना गरेमा मात्र प्रभावकारी हुने उल्लेख गरे। उनले विशेषगरी ठूला राष्ट्रहरूले उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै, त्यसो नभए विश्व ‘जंगलको कानुन’तर्फ फर्किने जोखिम रहने चेतावनी दिए।

राष्ट्रपति सीले बहुपक्षीय प्रणाली, अन्तर्राष्ट्रिय नियम र स्वतन्त्र व्यापारको संरक्षण आजको विश्वका लागि अत्यन्त आवश्यक रहेको बताए। उनले चीन–बेलायत सहकार्यले विश्वव्यापी स्थिरता र विकासमा सकारात्मक योगदान दिन सक्ने विश्वास व्यक्त गरे।

भेटमा दुवै नेताबीच द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौती र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।