भारत–मौरिसस रणनीतिक साझेदारी नयाँ उचाइमा
२०८२ फाल्गुन ८, शुक्रबार १९:१५
नयाँदिल्ली फागुन ८ , भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नवीनचन्द्र रामगुलामसँग भेटवार्ता गर्दै द्विपक्षीय “सुदृढ रणनीतिक साझेदारी” लाई अझ उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा कृत्रिम बौद्धिकता (एआई), प्रविधि, संस्कृति तथा जन–जनबीचको सम्बन्ध विस्तारमा सहकार्य बढाउने विषयमा सहमति भएको जनाइएको छ।
प्रधानमन्त्रीले मौरिसस भारतको ‘महासागर’ दृष्टिकोणअन्तर्गत महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै क्षेत्रीय सुरक्षा र समृद्धिका लागि निरन्तर सहकार्य रहने बताएका छन्।




