कुवेतमा अमेरिकी लडाकु विमान खसेपछि एक पाइलटमाथि स्थानीय समूहले आक्रामक व्यवहार देखाएको भिडियो सार्वजनिक भएको छ। प्यारासुटमार्फत सुरक्षित अवतरण गरेका पाइलटतर्फ केही व्यक्तिहरू चिच्याउँदै अघि बढेका थिए। भिडियोमा एक जनाले फलामे पाइप उचालेको देखिन्छ भने अर्का एक व्यक्तिले पाइलटको प्यारासुटको डोरी समातेर तान्न खोजेको दृश्य पनि देखिन्छ।

तनाव चर्किँदै जाँदा पाइलटले हात उठाउँदै “पछि हट!” भन्दै भीडलाई रोक्न प्रयास गरेका थिए। अन्ततः घुँडा टेकेर “म अमेरिकन हुँ!” भनेर चिनारी दिएपछि स्थिति नियन्त्रणमा आएको र समूह पछि हटेको देखिन्छ। स्थानीयहरूले उनलाई इरानी सैनिक ठानेको आशंका गरिएको छ।

अमेरिकी वायुसेनाको  सोमबार  नजिक ‘फ्रेन्डली फायर’ अर्थात् आफ्नै पक्षको हवाई प्रतिरक्षा प्रणालीबाट गल्तीवश खसालिएको जनाइएको छ। सक्रिय युद्धस्थितिमा इरानी विमान, ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणको जोखिमका बीच कुवेती सुरक्षाले ती विमानलाई शत्रु ठानी प्रहार गरेको अमेरिकी  समचारले जनाएको छ।

उक्त घटनामा तीनवटा एफ–१५ई विमान खसेको र चालक तथा हतियार प्रणाली अधिकृत गरी ६ जना सुरक्षित रूपमा इजेक्ट भई उद्धार गरिएको बताइएको छ। कुवेत डिफेन्स  ले सबै चालक जीवित रहेको पुष्टि गरेको छ।

घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रत्येक एफ–१५ई स्ट्राइक ईगलको मूल्य करिब ९० मिलियन पाउन्ड आसपास पर्ने अनुमान गरिएको छ।