काठमाडौ फागुन २१, आज सम्पन्न भएको निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

केही मतदान केन्द्रहरूमा मतदान प्रक्रिया अझै जारी रहेकाले अन्तिम मत प्रतिशत थप बढ्न सक्ने आयोगले जनाएको छ। मतदान सम्पन्न भइसकेका स्थानहरूबाट भने अहिले मतपेटिका संकलन र सुरक्षित ढुवानीको काम तीव्र रूपमा भइरहेको छ।

दुर्गम भूभाग भएका १५ जिल्लाका मतदान केन्द्रबाट मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिने व्यवस्था गरिएको आयोगले जानकारी दिएको छ।