काठमाडौं । आपूर्ति व्यवस्थापनमा समस्या देखिन थालेपछि नेपाल आयल निगम ले अब ग्यास सिलिन्डर आधा मात्र भरेर वितरण गर्ने निर्णय गरेको छ।

निगमका अनुसार फागुन २९ गतेदेखि अर्को सूचना नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास मात्र भरेर बिक्री गरिनेछ। सोही अनुसार ग्यासको मूल्य पनि घटाएर प्रतिसिलिन्डर आधार मूल्य ९५५ रुपैयाँ कायम गरिएको छ।

भारतमा समेत एलपी ग्यास आपूर्तिमा समस्या देखिन थालेपछि आपूर्ति र वितरण प्रणालीलाई सन्तुलित राख्न यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।