काठमाडौं— सत्ता गठनको अन्तिम घडी नजिकिँदै गर्दा बालेन शाह नेतृत्वको सम्भावित सरकारबारे राजनीतिक वृत्त तातिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र तीव्र छलफल चलिरहँदा मन्त्री चयनमा ‘विज्ञता र कार्यसम्पादन’ मुख्य मापदण्ड हुने संकेत देखिएको छ।

प्रधानमन्त्रीका लागि लगभग तय भइसकेका बालेन शाह सँगै मन्त्री बन्ने नामहरू भने अझै ‘फाइनल’ भइसकेका छैनन्। तर आन्तरिक छलफलबाट बाहिर आएका सम्भावित अनुहारहरूले सरकारको प्रारम्भिक स्वरूप कस्तो होला भन्ने संकेत दिएका छन्।

संभावित मन्त्रिपरिषद् खाका यस्तो देखिन्छ:

  • गृह मन्त्रालय : डीपी अर्याल वा सुनील लम्साल
  • अर्थ मन्त्रालय : स्वर्णिम वाग्ले
  • स्वास्थ्य मन्त्रालय : डा. लेखजंग थापा वा तोसिमा कार्की
  • परराष्ट्र मन्त्रालय : शिशिर खनाल
  • शिक्षा मन्त्रालय : सस्मित पोखरेल वा महावीर पुन

यसैगरी सभामुखको दौडमा मनिष झा र सोविता गौतमबीच प्रतिस्पर्धा हुने चर्चा छ।

पार्टी सभापति रवि लामिछाने ले ‘दौडधुप नगर्न’ दिएको सन्देशले मन्त्री चयनमा पुरानो शैलीको भागबन्डाभन्दा फरक अभ्यास हुने संकेत दिएको छ।

उता रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले अन्तिम प्रतिवेदन बुझाइसकेपछि संवैधानिक प्रक्रिया पनि तीव्र भएको छ।

अब चैत १२ मा सांसद शपथ र त्यसको भोलिपल्ट प्रधानमन्त्री शपथको तयारीसँगै, ‘बालेन सरकार’ को औपचारिक जन्म करिब निश्चितजस्तै देखिन्छ—तर अन्तिम सूचीमा को पर्छन्, त्यो भने अन्तिम क्षणसम्म रोचक रहनेछ।