रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर तयार, अब निर्माणको घण्टी बज्दै

काठमाडौं — अब काठमाडौंसम्म रेल कुद्ने सपना टाढा छैन। नेपाल–भारत जोड्ने बहुप्रतीक्षित रक्सौल–काठमाडौं रेलमार्ग निर्णायक चरणमा पुगेको छ। भारतको रेल मंन्त्रालयले परियोजनाको फाइनल लोकेशन सर्वे (FLS) सक्दै विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारेसँगै अब निर्माणको बाटो खुल्ने संकेत देखिएको छ।

करिब १३६ किलोमिटर लामो यो रेलमार्गले भारतको सीमावर्ती रक्सौलदेखि काठमाडौंसम्म सिधा रेल सेवा ल्याउनेछ। यो परियोजना पूरा भएमा राजधानी पहिलोपटक अन्तर्राष्ट्रिय रेल सञ्जालसँग प्रत्यक्ष जोडिनेछ।

यो रेलमार्ग सामान्य होइन — चुनौतीले भरिएको महायोजना हो। दर्जनौं सुरुङ,अग्ला–अग्ला पुल,पहाड र भिर पार गर्दै आधुनिक ट्र्याक हुदै जानेछ ।

विशेषज्ञहरू भन्छन्, “यो नेपालकै सबैभन्दा जटिल पूर्वाधार परियोजनामध्ये एक हुनेछ।”

परियोजनामा करिब ३–४ खर्ब रुपैयाँ खर्च हुने अनुमान छ। तर यसको लाभ अझ ठूलो हुने बताइन्छ 

सस्तो र छिटो ढुवानी,व्यापारमा उछाल,पर्यटनमा बृद्धि रोजगारी र लगानीका नयाँ ढोका खाेल्नेछ ।

यदि सबै प्रक्रिया सहज रूपमा अघि बढे, केही वर्षमै काठमाडौंमा रेलको सिटी सुनिन सक्छ। रक्सौल–काठमाडौं रेलमार्ग अब केवल योजना होइन, सम्भावनाको वास्तविक यात्रा बन्ने तयारीमा छ।