महेन्द्र चोकमा इतिहास जोगाउने अभियान सुरु, शालिक पुनर्स्थापनाका लागि धनश्याम थापा मगरले नेतृत्वमा समिति
२०८२ चैत्र १३, शुक्रबार २१:५२
विराटनगरको पहिचानसँग गाँसिएको महेन्द्र चोकमा इतिहास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित राजा महेन्द्रको शालिक पुनर्स्थापनाका लागि तदर्थ समिति गठन गरिएको छ। घनश्याम थापा मगरको संयोजकत्वमा गठित समितिले “इतिहास तथा संस्कृति संरक्षण अभियान समूह” नाम पाएको छ।
समितिमा सभिना उप्रेती पोखरेल, निश्चल चन्द्र घिमिरे, मोहित लालवानी, संजय बाबु शर्मा, पशुपति साह, उत्तम दाहाल, विकल कार्की, रेवती रमण दाहाल र विक्रम कार्की सदस्य रहेका छन्।
नवगठित समितिले विगतको ऐतिहासिक पहिचान पुनर्जीवित गर्न सामूहिक पहल आवश्यक रहेको औंल्याएको छ। “इतिहास केवल सम्झनाका लागि होइन, पहिचान जोगाउने आधार हो,” भन्ने धारणा अघि सार्दै समितिले सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेको छ।
विशेषगरी युवापुस्तालाई लक्षित गर्दै, नगरवासीबीच अपनत्व र जिम्मेवारीबोध बढाउँदै सांस्कृतिक धरोहर जोगाउने अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
समितिले महेन्द्र चोकको मौलिक पहिचान जोगाउँदै ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




