अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा वाेर्ड कप २०२६ को फाइनल खेल हेर्न चाहने फुटबल प्रेमीहरूलाई यसपटक ठूलो धक्का लागेको छ। एउटा साधारण टिकटकै मूल्य करिब १०,९९० डलर (झण्डै १५ लाख रुपैयाँ) पुगेपछि विश्वभरका फ्यानहरू आक्रोशित बनेका छन्।

यसअघि फिफा वाेर्ड कप २०२२ को फाइनल टिकट अधिकतम १६ सय डलर आसपास मात्र थियो। तर यसपटक मूल्य ह्वात्तै बढ्नुको मुख्य कारण ‘डायनामिक प्राइसिङ’ प्रणाली हो, जसअनुसार माग बढेसँगै मूल्य पनि बढ्दै जान्छ।

टिकट खरिद प्रक्रिया पनि सहज छैन। धेरै फ्यानहरूले घण्टौँ अनलाइन कुर्दा समेत टिकट पाउन सकेनन्। प्राविधिक समस्याका कारण कतिपयले अवसर नै गुमाए।

अर्कोतर्फ, रिसेल बजारमा त झन् अचम्मकै अवस्था छ—एउटा टिकटको मूल्य ८० हजार डलर (करिब १ करोड रुपैयाँभन्दा बढी) सम्म पुगिरहेको छ।

यस्तो महँगो टिकट र जटिल प्रक्रियाले गर्दा धेरैले यो विश्वकप “धनीहरूको खेल” बन्दै गएको टिप्पणी गरेका छन्।

 निष्कर्षमा, खेलप्रेमीको भावना भन्दा व्यापारिक रणनीति हाबी हुँदा विश्वकपको रोमाञ्चकता केही हदसम्म फिक्का हुने चिन्ता बढेको छ।