काठमाडौं, चैत २० — वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूमाथि सरकार कडाइका साथ उत्रिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले ठगी आरोपमा परेका ३४६ जनाको नाम सार्वजनिक गरेको छ।

मन्त्री दीपककुमार साहको पहलमा फागुन १७ देखि चैत १७ (फेब्रुअरी २९ देखि मार्च ३०, २०२६) सम्म दर्ता भएका मुद्दाका आधारमा अनुसन्धान तथा मुद्दा शाखाले आरोपितहरूको विवरण सार्वजनिक गरेको हो। विभागका अनुसार यो पहिलो पटक हो, जब एक महिनाभित्रका ठगी अभियोगका व्यक्तिहरूको नाम, ठेगाना र रकमसहित विस्तृत सूची सार्वजनिक गरिएको छ।

विभागले अब प्रत्येक तीन दिनमा यस्ता विवरण अद्यावधिक गर्दै जाने जनाएको छ। यस कदमले वैदेशिक रोजगारी क्षेत्रमा बढ्दो ठगी नियन्त्रण गर्न तथा सर्वसाधारणलाई सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारको यो पहलले ठगी गर्नेहरूमाथि निगरानी कडा बनाउने मात्र होइन, पीडितलाई न्याय दिलाउने दिशामा समेत महत्वपूर्ण सन्देश दिएको छ।

लिकमा नाम रहेको छ 

https://drive.google.com/file/d/1jRhTgjSSFYHwNhXF2mI9CFYholh9DBnp/view?fbclid=IwVERDUAQ8qLRleHRuA2FlbQIxMABzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR5X4dfMGCN0QoMgKJt2n1iZuclNdITkfrLq3E4NgsXnVbBdcXd0ON_FQ8fp5A_aem_cG6rd1af1w6Nex1vO7PEtw