इस्लामाबाद — जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल इरानसँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। उनी सवार ‘एयर फोर्स टू’ विमान अवतरण भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

करीब २१ वर्षपछि अमेरिकी उपराष्ट्रपतिको पाकिस्तान भ्रमण भएको हो। यसअघि सन् २००५ मा डिक चेनी ले पाकिस्तान भ्रमण गरेका थिए।

वार्ताका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जारेड कुशनर पनि इस्लामाबाद पुगेका छन्।

उता, इरानी प्रतिनिधिमण्डल भने मोहम्मद बाकर गालिबाफ को नेतृत्वमा यसअघि नै त्यहाँ पुगिसकेको छ।

इस्लामाबादमा हुने यो वार्तालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिमा महत्वपूर्ण रूपमा हेरिएको छ।