काठमाडौं / मुम्बई — प्रसिद्ध भारतीय गायिका आशाा भाेस्ले को ९२ वर्षको उमेरमा आइतबार मुम्बईमा निधन भएको छ।

उहाँ अत्यधिक थकान र छातीको संक्रमणका कारण विच सेन्टर हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो। अस्पतालले आइतबार उहाँको निधन भएको पुष्टि गरेको हो।

सन् १९३३ मा जन्मिएकी भोसले प्रसिद्ध गायक  पंडित दिनानाथ मंगेसकर की छोरी हुन्। उहाँले आफ्नी दिदी लता मंगेसकर सँगै संगीत यात्रा सुरु गर्नुभएको थियो।

सन् १९४० दशकदेखि सुरु भएको उहाँको गायन यात्रा ७ दशकभन्दा बढी समयसम्म फैलिएको थियो। उहाँले हजारौँ गीतमा आवाज दिँदै विभिन्न भाषामा आफ्नो पहिचान बनाउनुभएको थियो।

उहाँको निधनले संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ।