पटना, भारत – बिहार मा आज महत्वपूर्ण राजनीतिक फेरबदल हुँदैछ। हालसम्म उपमुख्यमन्त्रीका रूपमा रहेका सम्राट चौधरी आज नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिँदैछन्।

राष्ट्रिय जनतान्त्रिक गठबन्धन (NDA) ले उनलाई सर्वसम्मत रूपमा विधायक दलको नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। यसअघि लामो समयदेखि नेतृत्व सम्हाल्दै आएका नीतीश कुमार ले हालै पदबाट राजीनामा दिएका थिए।

आज पटना स्थित लोक भवनमा हुने शपथ ग्रहण समारोहमा सम्राट चौधरीसँगै जनता दल यूनाइटेड (जदयू) को तर्फबाट २ जना नेताले मन्त्रीको रूपमा शपथ लिने सम्भावना रहेको बताइएको छ। यद्यपि पूर्ण मन्त्रिपरिषद् विस्तार भने पछि गरिने जनाइएको छ।

केन्द्रीय मन्त्री नित्यानंद राय का अनुसार, गठबन्धनका सबै विधायकहरूको उपस्थितिमा भएको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। त्यस्तै, मन्त्री राम कृपाल यादव ले पनि आजै शपथ हुने पुष्टि गरेका छन्।

बिहारमा नयाँ सरकार गठनसँगै आगामी दिनमा नीति तथा कार्यक्रम कस्तो आउने भन्ने चासो बढेको छ।