Oplus_131072

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पल मा ठूलो नेतृत्व परिवर्तन हुने भएको छ। कम्पनीका दीर्घकालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरिएको छ।

कम्पनीका अनुसार कुक सन् २०२६ सेप्टेम्बर १ देखि कार्यकारी अध्यक्षको भूमिकामा रहनेछन्। नयाँ सीईओको जिम्मेवारी जोन टर्नस ले सम्हाल्नेछन्, जो हाल हार्डवेयर इन्जिनियरिङतर्फका वरिष्ठ उपाध्यक्ष हुन्।

स्टिभ जब्स पछि नेतृत्व सम्हालेका कुकले करिब १५ वर्षसम्म एप्पलको नेतृत्व गरेका थिए। उनको कार्यकालमा कम्पनीले विश्वव्यापी रूपमा ठूलो विस्तार र नवप्रवर्तन हासिल गरेको मानिन्छ।

अब कार्यकारी अध्यक्षका रूपमा कुकले नीति–निर्मातासँग समन्वय र रणनीतिक निर्णयमा योगदान दिने बताइएको छ। नयाँ नेतृत्वमा जाने क्रममा कम्पनीले निरन्तरता र नवप्रवर्तनलाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको छ।