डिजिटल कार्डमार्फत सेवा दिन स्वास्थ्य बिमा बोर्डको कडाइ निर्देशन
२०८३ बैशाख ११, शुक्रबार १४:३६
काठमाडौं — स्वास्थ्य बिमा बोर्ड ले अब बिमित नागरिकलाई डिजिटल माध्यमबाटै स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई कडाइका साथ निर्देशन दिएको छ।
बोर्डका अनुसार, भौतिक बिमा कार्ड साथमा नभए पनि सेवा नरोकिने व्यवस्था लागू गरिएको छ। अब सेवाग्राहीले नागरिक एप, HIB प्रोफाइल वा QR कोड स्क्यान गरेर आफ्नो पहिचान पुष्टि गरी सहज रूपमा उपचार सेवा लिन सक्नेछन्।
यो निर्णय बोर्डको ०८० फागुन २४ गते बसेको बैठकबाट पारित भइसकेको र सोहीअनुसार कार्यान्वयन गर्न सबै स्वास्थ्य सेवा प्रदायकलाई परिपत्र गरिएको जनाएको छ।
तर, अझै केही स्वास्थ्य संस्थाले डिजिटल प्रणाली अपनाउन ढिलाइ गरेको गुनासो आएपछि बोर्डले पुनः कडाइका साथ निर्देशन जारी गरेको स्पष्ट पारेको छ।




