धरानमा निःशुल्क स्वास्थ्य शिविर : ६५ जनाले सेवा लिए
२०८३ बैशाख १२, शनिबार १२:१४
धरान — धरान जेसीजको आयोजनामा सम्पन्न निःशुल्क सुगर तथा रक्तचाप (प्रेसर) परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडा नं. १ कार्यालय परिसरमा आयोजित उक्त शिविरबाट ६५ जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिँदै लाभान्वित भएका छन्।
कार्यक्रम धरान सिटी हस्पिटलको विशेष सहयोग तथा वडा नं. १ को आतिथ्यमा सञ्चालन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. १ का जनप्रतिनिधि उज्वाल बस्तोलाको उपस्थिति रहेको थियो भने अस्पतालका म्यानेजिङ डाइरेक्टर विवेक कुमार साहसहित जेसीज पदाधिकारी तथा अध्यक्ष जेसी सागर प्रसाईं साथै स्थानीय अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रमको संयोजन शाखा सम्पादक राजु श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन महासचिव रिमा थापा मगरले सम्हाल्नुभएको थियो।
समुदायलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय बासिन्दामा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। नियमित रूपमा मासिक स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जेसीजले “स्वस्थ धरान” निर्माण गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ।




