नेपालले युएईलाई २०१ रनको लक्ष्य
२०८३ बैशाख १२, शनिबार १५:५५
काठमाडौं, वैशाख १२ — आईसीसी विश्वकप लिग–२ अन्तर्गत काठमाडौँमा जारी खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमा समेटियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रन बनाए। उनले ९० बलमा ५ चौका र २ छक्का प्रहार गरे।
नेपालको सुरुआत कमजोर रह्यो। आसिफ शेख ७ रनमै आउट भए भने कप्तान रोहित पौडेल २ रनमा पवेलियन फर्किए। कुशल भुर्तेलले २४, बसिर अहमदले २० तथा करण केसीले २२ रनको योगदान दिए।
अन्य खेलाडीहरूमा भीम सार्कीले १० रन बनाउँदा आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडे।
युएईका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै सबै विकेट लिए।
हाल युएई जवाफी ब्याटिङमा उत्रिएको छ।




