विराटपाटी अनलाइन, काठमाडौं, वैशाख १२ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपालका लागि चाङ माओमिङ र नवीन श्रीवास्तव सँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ऊर्जा सहकार्य विस्तारबारे महत्वपूर्ण छलफल गरेका छन्।

चिनियाँ राजदूतसँगको भेटमा नेपाल–चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित छलफल भएको जनाइएको छ। विशेषगरी क्षेत्रीय ऊर्जा चुनौती समाधान र जलस्रोत विकासमा सहकार्य बढाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।

यस्तै, भारतीय राजदूतसँगको भेटमा नेपाल–भारत ऊर्जा साझेदारीलाई थप सुदृढ गर्दै दीगो विकास, ऊर्जा व्यापार तथा क्षेत्रीय सम्पर्क विस्तारमा जोड दिइएको छ।

ऊर्जा मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।