काठमाडौंमा अमेरिकी विशेष दूत गोर
२०८३ बैशाख १८, शुक्रबार ०६:४५
काठमाडौं। दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल आइपुगेका छन्।
अमेरिकी दूतावासका अनुसार गोर बिहीबार साँझ काठमाडौं अवतरण गरेका हुन्।
उनको नेपाल बसाइका क्रममा परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ। साथै, उनले सगरमाथा बेस क्याम्पको भ्रमण पनि गर्ने जनाइएको छ।
दूतावासले जारी गरेको सूचनामा गोरले नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिसँग समेत भेटघाट गर्ने उल्लेख गरिएको छ।
यस भ्रमणलाई नेपाल–अमेरिका सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।




