विश्व हास्य दिवस: हाँसोले जीवनमा सकारात्मकता
२०८३ बैशाख २०, आईतवार १४:३०
काठमाडौ विराटपाटी, प्रत्येक वर्ष मे महिनाको पहिलो आइतबार मनाइने विश्व हास्य दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
सन् १९९८ मा भारतका चिकित्सक डा मदन कटरियाद्वारा सुरु गरिएको यस दिवसले हाँसोको महत्वलाई उजागर गर्दै स्वस्थ र सकारात्मक जीवनशैलीको सन्देश दिने लक्ष्य राखेको छ।
यस अवसरमा विभिन्न संघसंस्था तथा समूहहरूले लाफ्टर योग, सामूहिक हाँसो अभ्यास तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेका छन्। सहभागीहरूले हाँसोले मानसिक तनाव कम गर्ने, मुटु स्वस्थ राख्ने र सामाजिक सम्बन्ध सुदृढ बनाउने बताएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार दैनिक केही समय खुला मनले हाँस्दा शरीरमा सकारात्मक ऊर्जा वृद्धि हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ।
विश्व हास्य दिवसले व्यस्त जीवनशैलीका बीच पनि हाँसोको महत्व बुझ्न र जीवनलाई सरल, सहज तथा खुशी बनाउन सबैलाई प्रेरित गरेको छ।




