काेसी लगायत सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्रालयको कडा निर्देशन
२०८३ जेष्ठ १, शुक्रबार २०:५६
काठमाडौ ,सरकारी अस्पतालको अर्बौं मूल्यको जग्गा अब संरक्षणको दायरामा आउने संकेत देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालसहित संघ मातहतका २२ ठूला अस्पताललाई जग्गा अतिक्रमण हटाउन, सीमाना यकिन गर्न र सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ ।
अब अस्पतालको नाममा रहेको जग्गामा बनेका अनधिकृत संरचना हटाउन प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिनेछ । साथै खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन घेराबार र कानुनी अभिलेख अद्यावधिक गर्न समेत मन्त्रालयले कडा निर्देशन दिएको छ ।
लामो समयदेखि विभिन्न बहानामा मिचिँदै आएका सरकारी अस्पतालका जग्गा जोगाउने दिशामा यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।




