आइभरी कोस्टमाथि नर्वेको रोमाञ्चक जित, अन्तिम १६ मा ब्राजिलसँग भेट हुने
२०८३ असार १७, बुधबार ०८:०८
फिफा विश्वकप फुटबलको अन्तिम–३२ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डालसमा सम्पन्न खेलमा नर्वेका लागि पहिलो गोल ३९औँ मिनेटमा एन्टोनियो नुसाले गरे। दोस्रो हाफको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियालोले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाएका थिए।
तर खेल सकिन चार मिनेट बाँकी रहँदा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नर्वे विजयी बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
अब अन्तिम १६ मा नर्वेको सामना ब्राजिलसँग हुनेछ। यसैबीच अर्को चरण प्रवेशका लागि फ्रान्स र स्विडेनबीच प्रतिस्पर्धा जारी छ भने नेपाली समयअनुसार बिहान ६:४५ बजे मेक्सिको र इक्वेडोर आमनेसामने हुनेछन्।




