मोरङ, बुढीगंगा साउन ३०। ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय अनुभव प्राप्त विशेषज्ञ चिकित्सकको नियमित परामर्श सेवा सुरु गरिएको छ।

बुढीगंगा साझा स्वास्थ्य सेवा गुठीद्वारा सञ्चालित बुढीगंगा साझा फार्मेसी एण्ड क्लिनिकमा वरिष्ठ हर्मोन तथा मधुमेह विशेषज्ञ डा. अमित त्रिपाठीको विशेषज्ञ परामर्श सेवाबाट स्थानीयवासी लाभान्वित भएका छन्।

दिल्लीस्थित प्रतिष्ठित श्री गंगाराम हस्पिटल ,नयाँदिल्ली 

मा फेलाेसिप तथा कार्य अनुभव हासिल गरेका डा. त्रिपाठीले मधुमेह, थाइराइड, हर्मोनसम्बन्धी समस्या, मोटोपन, PCOS तथा विभिन्न मेटाबोलिक रोगसम्बन्धी बिरामीलाई विशेषज्ञ परामर्श प्रदान गरेका थिए।

विशेषज्ञ चिकित्सकको सेवा लिन भारतीय शहर तथा आसपासका ठूला स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने अवस्थालाई केही हदसम्म सहज बनाउँदै स्थानीयस्तरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लिनिक गरिएको गुठी अध्यक्ष दर्शनराज न्याैपानेले वताए 

कार्यक्रमपछि क्लिनिकले विशेषज्ञ सेवा प्रदान गर्नुभएकोमा डा. त्रिपाठीप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी टिमलाई धन्यवाद दिएको छ।

त्यस्तै, सेवा लिन आएका सेवाग्राही तथा शुभेच्छुकप्रति पनि क्लिनिकले विशेष आभार व्यक्त गरेको छ। सेवाग्राहीको विश्वास र सकारात्मक प्रतिक्रियाले स्थानीयस्तरमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने अभियानलाई थप ऊर्जा दिएको क्लिनिकको भनाइ छ।

बुढीगंगा साझा स्वास्थ्य सेवा गुठीका अनुसार, संस्थाको उद्देश्य स्वास्थ्य सेवालाई केवल अन्तर्राष्ट्रिय  क्षेत्रमा सीमित नराखी स्थानीय गाउँ , समुदायको पहुँचमा पुर्‍याउनु हो।

 त्यसैअनुसार विशेषज्ञ चिकित्सकको परामर्श, प्रयोगशाला, औषधि तथा अन्य स्वास्थ्य सेवाहरूलाई एउटै स्थानबाट सहज बनाउने प्रयास भइरहेको छ।

क्लिनिकले आगामी दिनमा पनि आवश्यकता र सेवाग्राहीको मागअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै उपलब्ध गराउने जनाएको छ।

स्थानीयस्तरमा अन्तर्राष्ट्रिय विशेषज्ञ स्वास्थ्य सेवाको सुरुआतलाई बुढीगंगाको स्वास्थ्य सेवाको यात्रामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ। नागरिकको विश्वासलाई आधार बनाएर सेवा विस्तार गर्दै जाने प्रतिबद्धता संस्थाले जनाएको छ।