काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले यसअघि शुक्रबार साँझ ५ बजेसम्म निर्धारण गरेको मतदान अवधि बढाएर साँझ ७ बजेसम्म पुर्‍याएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्धारित समयभित्र उपस्थित भई मतदान गर्न महाधिवेशन प्रतिनिधि तथा मतदातालाई आग्रह गरिएको छ।

केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको मतदानको समय थपिएसँगै उम्मेदवार र प्रतिनिधिहरूको चासो थप बढेको छ।