काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी पदको मतगणना सानेपास्थित केन्द्रीय कार्यालयमा २३ स्थानबाट भइरहेको छ।

सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सकिएपछि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्यको मतगणना तीव्र पारिएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सबै पदको अन्तिम नतिजा बुधबारसम्म सार्वजनिक गर्ने लक्ष्य छ। यसपटक करिब सात हजार मतदाता रहेकाले गणनामा समय लागे पनि अघिल्लो महाधिवेशनको तुलनामा छिटो परिणाम आउने समितिको अपेक्षा छ।