प्रदेश अधिकार सुनिश्चित गर्न विराटनगरमा मुख्यमन्त्री सम्मेलन
२०८३ आश्विन २७, मंगलवार १०:५३
विराटनगर, २७ असोज। प्रदेशका अधिकार सुनिश्चित गर्दै संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।
कोशी प्रदेश सरकारको आयोजनामा भएको सम्मेलनमा छ प्रदेशका मुख्यमन्त्री सहभागी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने बजेट विवादका कारण उपस्थित भएका छैनन्।
सम्मेलनमा प्रदेशको अधिकार, वित्तीय स्रोतको बाँडफाँट, कानुनी जटिलता र प्रदेशहरूबीच समन्वयका विषयमा छलफल हुनेछ।
दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशका साझा माग र प्रतिबद्धता समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्नेछ। घोषणापत्रमार्फत संघीय सरकारसँग प्रदेशका अधिकार सुनिश्चित गर्न सामूहिक पहल गरिनेछ।




