डेंगुका बिरामीको संख्या ११ हजार नाघे
२०८१ बैशाख २३, आईतवार २१:२९बागमतीमा डेंगुका बिरामीको संख्या ११ हजार
प्रदेशमा डेंगुका बिरामी बढेका छन् ।
विगत नौ महिनामा प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गुका पोजेटिभ बिरामी भेटिएका छन् ।
वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ सालको शुरुवातदेखि हालसम्म ११ हजार ४०९ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।
यसमध्ये सबैभन्दा बढी धादिङमा ३ हजार ५०१ र रसुवामा सबैभन्दा कम दुई जना सङ्क्रमित रहेको निर्देशनालयका फोकल पर्सन उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।
यस अवधिमा काठमाडौंमा तीन हजार, चितवनमा १ हजार ७०८, मकवानपुरमा ८५७, भक्तपुरमा ४९४, काभ्रेपलाञ्चोकमा १६७, नुवाकोटमा ८१, दोलखामा ७९, सिन्धुपाल्चोकमा ३२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुपाल्चोकमा २७ र सिन्धुपाल्चोकमा २७ जना संक्रमित थपिएका छन् ।
चालू आर्थिक वर्षमा मकवानपुरमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । गर्मीमा डेंगुको संक्रमणको जोखिम बढी हुने भएकाले यसबाट बच्न सजगता अपनाउन कार्यालयले आग्रह गरेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने भाइरल सङ्क्रमण डेङ्गुलाई नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।




