मिसेस कोसी वनिन् सम्झना कार्की
२०७९ फाल्गुन १८, बिहीबार २१:२०
विराटनगरमा भएको चौथो संस्करणको मिसेस कोसीको उपाधि विराटनगरकी सम्झना कार्कीले जित्न सफल भईन् ।
मिसेस कोसीको फाइनल चरणमा पुगेका १६ जना प्रतिस्पर्धीलाई पन्छाउँदै सम्झनाले उपाधि चुम्न सकेकिछिन् ।
कटहरीकी सुजिता सरदार फस्ट रनर अप र सेकेण्ड रनर अप धरानकी रिता राई जिते । साेही प्रतियोगिताको थर्ड रनर अप पोखराकी ममता खड्का र र्फोथ रनर अप विराटनगरकी शकुन्तला राजवंशी भएका छिन् ।




