साफ यू–२० फुटबल च्याम्पियनसिपमा नेपालले आज दिउँसो ३ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोल ​​अन्तरले पराजित गरेको हो । यो जितसँगै समुह बी मा भुटान र भारतको समान ३ अंक छ 

माल्दिभ्स अंकविहीन छ । यसअघि भारतले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो ।

भुटानका लागि जिग्नम दोर्जी र नोवाङ चोपेलले एक एक गोल गरे । माल्दिभ्सका लागि फिराकले गोल गरे ।

भुटानले २२औं र ८९औं मिनेटमा गोल गरेका थिए भने माल्दिभ्सले ५९औँ मिनेटमा बराबरी गरेको थियो ।