साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल भारतलाई ४-२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा पेनाल्टी सुटआउटमा भारतलाई हराएपछि नेपाल फाइनलमा पुगेको हो।

दुवै टिमले नियमित समयमा १-१ गोल गरेपछि खेल पेनाल्टीसम्म पुग्यो। घण्टाभन्दा बढी समयको विलम्बपछि खेल पुन: सुरु भएलगत्तै सबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ को बराबरीमा ल्याइन्।

यसअघि, भारतले खेलको ७०औं मिनेटमा अग्रता लिएको थियो। तर, नेपालले तत्कालै खेल पुन: सुरु गर्दै गोल गर्‍यो, जुन रेफ्रीले अमान्य ठहराए। यसपछि भएको विरोधका कारण खेल करिब एक घण्टा अवरुद्ध भयो।

खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्। यस क्रममा समर्थकहरूको आक्रोशले खेलमा थप १० मिनेटको अवरोध भयो। अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ।