विराटनगरमा महामुर्ख चयन गरे
२०७९ फाल्गुन २०, शनिबार २२:५७
हाेलिकाे उत्सवकाे रूपमा मारवाडी युवा मंचले आयोजित कार्यक्रमा यश वर्षको लागि महामुर्खमा फुल कुमार लालवानीलाई नियुक्ति गरिएको छ ।
यस अगाडि महामुर्ख महेश जाजु थिए । पुराना महामुर्खका टाेलीले लालवानीलाई सफत सहित पद हस्तान्तरण गर्ने काम गरेका छन् । यस समारोहमा अलौकिक र बिचित्र देखिने माला लगाइदिने कार्य पनि भएको छ साथै अत्यन्तै रमाइलो वातावरणमा हाेली पर्वकाे शुभकामना, सद्भाव र उत्साहका साथ कार्यक्रम गरिएको अध्यक्ष जय शर्माले वताए




