नेपाल प्रिमियर लिग (NPL) मा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ।

१४२ रनको लक्ष्य पछ्याउँदै, जनकपुरले १५.१ ओभरमै लक्ष्य पूरा गर्‍यो। कप्तान तथा ओपनर अनिल शाहले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई सहज जित दिलाए।

नेपाल प्रिमियर लिग (NPL) २०२४ अन्तर्गत जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमै पूरा गर्‍यो। कप्तान अनिल शाहले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्याए।

यस खेलपछि जनकपुरको प्रदर्शन थप बलियो बनेको छ, र लिगको अन्य खेलहरूमा थप रोमाञ्चकता थपिएको छ। अर्को खेलहरुमा पनि जनकपुरले आफ्नो जितको लय कायम राख्न खोज्नेछ।