सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (NPL) क्रिकेट प्रतियोगिताको बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ।

सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाएर १६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
तर, जवाफमा काठमाडौंको टोली मात्र १५.५ ओभरमा ९४ रनमा सिमित भयो।

काठमाडौंका लागि गेरहार्ड इरस्मसले सबैभन्दा बढी ३७ रन बनाएका थिए। बाँकी ब्याटरहरू खासै चल्न सकेनन्।
सुदूरपश्चिमका नारायण साउद बलिङमा चम्किए। उनले मात्र १९ रन खर्चेर ५ विकेट लिए।

अविनाश बोहराले २ विकेट लिए भने ब्रान्डन म्याकमुलन र सैफ जैबले १/१ विकेट लिए।
काठमाडौंका ओपनरहरू माइकल लिस्क र शंकर राना सस्तामा आउट भए, जसले टोलीलाई झन् कमजोर बनायो।