स्वास्थ्यले गुनासो व्यवस्थापन इकाइ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो व्यवस्थापन इकाइ गठन गरेको छ। यस इकाइको नेतृत्व डा. अनुप बस्तोलाले गर्नेछन्।
इकाइका सदस्यहरूमा सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र मन्त्रालयका सूचना अधिकारी समावेश छन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, इकाइले मन्त्रालय र सम्बद्ध निकायका सेवाग्राही र सरोकारवालाहरूका गुनासोहरू व्यवस्थापन गर्नेछ, सिफारिस कार्यान्वयन गर्ने र प्रश्नहरूको समाधान गर्नेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंसिर १५ गते इकाइ गठन गर्ने निर्णय गरेका थिए।
इकाइले सेवाग्राहीबाट प्राप्त गुनासाहरू संकलन गरी सम्बन्धित विभागमा तुरुन्तै पठाउने जिम्मेवारी पाएको छ।