नेपाल प्रिमियर लिग (NPL) को दोस्रो खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।

लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि काठमाडौंले १०४ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा लुम्बिनी १०.२ ओभरमै ८५ रनमा अलआउट भयो।

काठमाडौंका बलर दीपेश खेलको निर्णायक साबित भए। उनले लुम्बिनीका ओपनरहरू आशुतोष घिरिया र अर्जुन साउदलाई सस्तोमा पेभिलियन फर्काए।

दीपेशले तेस्रो ओभरको दोस्रो बलमा आशुतोषलाई १२ बलमा ४ रनमा आउट गरे। ओभरको अन्तिम बलमा अर्जुनलाई १० बलमा ३ रनमै पवेलियन पठाए।

लुम्बिनीका कप्तान रोहित १५ बलमा ८ रन बनाएर एलबीडब्लु आउट भए।

मध्यक्रमका खेलाडीहरू टम मुरस, विवेक यादवले पनि प्रभाव जमाउन सकेनन्। साद बिन जफर, रमोन सिमन्ड्स र अभिनाश गौतमले खाता खोल्न सकेनन्।