हेल्थ एआई सम्मेलन सम्पन्न: नेपालजस्ता विकासोन्मुख देशलाई सशक्त पार्ने प्रतिबद्धता
काठमाडौंमा आयोजित हेल्थ एआई सम्मेलन (HAICon) मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न भएको छ। सम्मेलनले नेपालजस्ता सीमित स्रोतसाधन भएका देशलाई स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभई उत्पादकका रूपमा अघि बढाउन प्रतिबद्धता व्यक्त गरेको छ।
हेल्थ एआई फर अल नेटवर्क (HAINeT) द्वारा आयोजित यो सम्मेलनले स्वास्थ्य सेवामा रहेका चुनौतीहरूको पहिचान गरी, स्वास्थ्य एआई प्रविधिको माध्यमबाट समाधान खोज्ने उद्देश्य राखेको थियो।
मुख्य बुदाहरू
१ विकासोन्मुख देशहरूका लागि स्वास्थ्य एआई
स्वास्थ्य एआई प्रविधिलाई ज्ञान र प्रविधि उत्पादनमा विकासोन्मुख देशहरूलाई सशक्त पार्ने।
स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक वस्तुका रूपमा विकास गर्ने।
२ स्वास्थ्य सेवामा सुधार स्वास्थ्य सेवाको पहुँच सुधार, सेवा वितरण सहज बनाउने, र सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने।
कुनै पनि व्यक्ति स्वास्थ्य एआईको फाइदाबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न नीतिगत संरचना र कार्यनीतिहरू तयार गर्ने।
३. नेपालको भूमिका स्वास्थ्य एआईको माध्यमबाट नेपालले आफ्नो स्वास्थ्य प्रणालीमा सुधार ल्याउन सक्ने।
नेपालजस्ता देशले स्वास्थ्य एआईको ज्ञान र प्रविधि उत्पादनमा योगदान दिनसक्ने।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स (NAMI) को सहकार्य रहेको थियो।
अर्को सम्मेलन आगामी संस्करण सन् २०२६ मा युगान्डामा आयोजना हुनेछ।