ब्रिटिश राजकुमार एडवर्ड नेपालको औपचारिक भ्रमणमा
२०८१ माघ २२, मंगलवार १५:४०
ब्रिटिश राजकुमार एडवर्ड र उनकी पत्नी सोफी नेपाल आएका छन्।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा परराष्ट्र सचिव अमृत बहादुर राई र अन्य अधिकारीहरूले उनीहरूलाई स्वागत गरेका थिए।
उनीहरू छुट्टाछुट्टै आएका हुन् र आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ।
राष्ट्रपति कार्यालयका अनुसार उनीहरू आजै राष्ट्रपति पौडेलसँग भेट्नेछन्।
परराष्ट्र मन्त्रालयले राजकुमार एडवर्ड र उनकी पत्नी नेपालमा छ दिन बस्ने पुष्टि गरेको छ।
भ्रमणका क्रममा उनीहरू पोखरास्थित ब्रिटिश गोर्खा क्याम्पको कार्यक्रममा सहभागी हुनेछन् र अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने तालिका रहेको छ।





