दिल्लीका पुर्वमुख्यमन्त्री अरविंद केजरीवाल पराजित, प्रवेश वर्माले हराए

नयाँ दिल्ली, फागुन २६ – दिल्ली विधानसभा चुनाव २०२५ मा आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाल पराजित भएका छन्। भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्माले उनलाई ३१८२मतको अन्तरले हराएका हुन्।
प्रवेश वर्मा को हुन्?
प्रवेश वर्मा पश्चिमी दिल्लीका प्रभावशाली नेता हुन्। उनी दिल्लीका पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माका छोरा हुन् र यसअघि लोकसभा सांसदका रूपमा काम गरिसकेका छन्।
केजरीवालको हारका मुख्य कारणहरू
दिल्ली सरकारका विभिन्न विवादित नीतिहरू, विशेषगरी मदिरा नीति घोटाला।
उनको पार्टीका शीर्ष नेताहरू विभिन्न कानुनी झमेलामा फस्नु।
भाजपा र कांग्रेसको संयुक्त आक्रमण।
प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता र विजेपी को रणनीतिक प्रचार अभियान।
चुनाव परिणामअनुसार, विजेपी ले ७० मध्ये ४८ सीटमा अग्रता लिएको छ भने आम २३ सीटमा सीमित देखिएको छ। यससँगै, दिल्लीमा २७ वर्षपछि विजेपी को सरकार बन्ने सम्भावना देखिएको छ।