किन तराइ र पहाडको फागु(हाेली) फरक फरक दिन हुन्छ ?
२०७९ फाल्गुन २२, सोमबार १६:१२
मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्छन । आज विश्राम गरिने र तराईको होली चाहिँ भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमाकै दिन र तराइको होली भोलिपल्ट गरिन्छ
फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाडमा आफ्ना र परिवार मिलेर मनाईने गरिन्छ । होलिकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन्
नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ । शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली – गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ ।





