“पूर्वगोर्खाको गौरवशाली उपलब्धि”

बेलायतमा नेपाली समुदायका लागि ऐतिहासिक क्षण! पूर्व गोर्खा क्याप्टेन भीम सारू मगर ननिटन एण्ड बेडवर्थ बरो को मेयर पदमा मनोनीत भएका छन्। गत वर्ष मे महिनामा लेबर पार्टी बाट काउन्सिलर निर्वाचित सारू अब यही मे १५ मा औपचारिक रूपमा मेयरको जिम्मेवारी सम्हाल्ने छन्।

राजनीतिमा गोर्खाको पहिचान बेलायती राजनीतिमा चार वर्षदेखि सक्रिय रहेका सारू मगर पहिलो गोर्खा मेयर बन्नेछन्। लेबर पार्टीका १९, कन्जरभेटिभका १७, र ग्रीन पार्टीका २ काउन्सिलर रहेको बरोमा ग्रीन पार्टीको समर्थन पाएपछि उनले मेयर पद सुरक्षित गरेका हुन्।

सारू मगरले भने, “यो क्षण केवल मेरो व्यक्तिगत सफलता होइन, यो सम्पूर्ण गोर्खा समुदायको पहिचान र सम्मानको उपलब्धि हो।”

ब्रिटिश आर्मीदेखि मेयरसम्मको यात्रा झण्डै तीन दशक ब्रिटिश आर्मीमा सेवा दिएका उनले रोयल इञ्जिनियर्स मा ग्यारिजन इञ्जिनियरका रूपमा सेवानिवृत्त भएका थिए। हाल उनी ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन का अध्यक्षसमेत छन्।

व्यवसायिक यात्रासँगै सामुदायिक नेतृत्व सन् २०१७ देखि इम्ब्रोइडरी व्यवसाय सञ्चालन गर्दै आएका सारू मगर पाल्पामा जन्मिएका हुन्।

गोर्खाहरूको योगदानलाई सम्मान सारू मगरको मेयर पदमा नियुक्ति केवल उनको राजनीतिक सफलता मात्र होइन, बेलायतमा गोर्खाहरूको योगदानलाई अझ उचाइमा पुर्‍याउने एउटा महत्वपूर्ण क्षण पनि हो।

अब, सबैको नजर आगामी मे १५ मा हुने औपचारिक समारोहमा हुनेछ, जहाँ पूर्वगोर्खा एक क्याप्टेन अब ब्रिटिश नगरपालिकाको प्रमुख को रूपमा पदभार ग्रहण गर्नेछन्।