असम साहित्य सभाले नेपाली-असमिया सम्बन्धको प्रशंसा गर्यो
२०८१ फाल्गुन १६, शुक्रबार १३:३४
भारतको असममा सम्पन्न ७७औँ असम साहित्य सभा सम्मेलन मा नेपाल र असमबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध लाई विशेष चर्चा गरियो।
मुख्य अतिथि प्रा. माधवप्रसाद पोखरेल ले नेपाल र असमका परम्परा, भाषा, र साहित्यको गहिरो सम्बन्ध रहेको बताए। असमिया साहित्य बौद्ध र हिन्दू परम्पराबाट प्रभावित रहेको र नेपाली साहित्यले असमको सांस्कृतिक विविधताबाट प्रेरणा लिएको उल्लेख गरियो।
साहित्य सभाका अध्यक्ष बसन्त कुमार गोस्वामी ले असमिया भाषा र साहित्यको प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए। ४ दिनसम्म चलेको कार्यक्रममा ६ हजार प्रतिनिधि सहभागी भए।




