गोलकिपर बुफोनसँग प्रधानमन्त्री विच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले इटालियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा चर्चित गोलकिपर जियानलुइजी बुफोनसँग भेटवार्ता गर्नुभएको छ।
सोमबार बुफोन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनी राष्ट्रिय युवा संघ नेपाल (नेकपा एमाले निकट) द्वारा आयोजित तेस्रो केपी ओली कप फुटबल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि हुन्।
उक्त भेटमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, प्रमुख सचिव एक नारायण अर्याल, अखिल नेपाल फुटबल संघ (एएनएफए) का अध्यक्ष पंकज विक्रम नेम्बाङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र बुफोनका परिवारका सदस्यहरू पनि सहभागी थिए।
तेस्रो केपी ओली कपको फाइनल सोमबार साँझ दशरथ रंगशालामा हुनेछ, जहाँ त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच उपाधि भिडन्त हुनेछ।