चिनियाँ वैज्ञानिकहरूले प्रकाश भण्डारण प्रविधिमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। 

बेइजिङ एकेडेमी अफ क्वान्टम इन्फर्मेशन साइंसेजका अनुसन्धानकर्ताहरूले ४०३५ सेकेन्डसम्म प्रकाश सूचना भण्डारण गर्ने सफलता प्राप्त गरेका हुन्।

 यसमा वैज्ञानिकहरूले ध्वनि सङ्केतहरूको प्रयोग गरेर प्रकाशलाई भण्डारण गर्ने नयाँ विधि विकसित गरेका छन्।

 सिंगल-क्रिस्टल सिलिकन कार्बाइड फिल्मको प्रयोगले यो कीर्तिमान संभव बनाएको हो। यसले क्वान्टम कम्प्युटिङ र सूचना सञ्जालको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।