अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने
२०८१ फाल्गुन २३, शुक्रबार ११:५४
अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियाको रियादमा उच्चस्तरीय वार्ता हुने भएको छ। यो वार्ता युक्रेनको रक्षा सहयोग, रणनीतिक साझेदारी र युद्धसम्बन्धी पछिल्लो अवस्थाका विषयमा केन्द्रित हुने जनाइएको छ।
साउदी अरेबियाले वार्तामा मध्यस्थकर्ताको भूमिका निभाउनेछ। यस बैठकलाई युक्रेन युद्ध समाधानका लागि कूटनीतिक प्रयासको महत्वपूर्ण चरणको रूपमा हेरिएको छ।
यसअघि अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्यका लागि वार्ता भए पनि उक्त बैठकमा युक्रेनलाई आमन्त्रित नगरिएको थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिताबिना हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन्।
वार्ताले युद्ध अन्त्यका सम्भावित उपायहरू खोज्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




