इलोन मस्क : जसका सन्तानको हिसाब आफैं थाहा छैन !

विश्वका अर्बपतिहरूमध्ये एक, इलोन मस्क सधैं नयाँ नयाँ विषयमा चर्चामा रहन्छन्। अहिले त झन् उनका सन्तानसम्बन्धी खुलासाले सबैलाई चकित बनाइरहेको छ।
खुलासा के छ भने — मस्कले महिलाहरूसँग गोप्य सम्झौता गरेर सरोगेसीमार्फत सन्तान जन्माइरहेका छन्। सम्झौताको सर्त? २ अर्ब रुपैयाँसम्मको आर्थिक सहायता!
तर मज्जाको कुरा त के छ भने, मस्ककी आफ्नै छोरीलाई समेत कति जना दाजु-भाइ, दिदी-बहिनी छन् भन्ने ठेगान छैन।
थाहा भएको तथ्य अनुसार, अहिले सम्म मस्कका १४ जना सन्तान सार्वजनिक भइसकेका छन्। तर अनुमान गरिन्छ — गुप्त सम्झौताका कारण यो संख्या अझ बढि हुन सक्छ।
कसकसबाट सन्तान?
पूर्वपत्नी जस्टिन विल्सन
गायक ग्रिम्स
न्यूरालिंककी कार्यकारी शिवोन जिलिस
प्रभावशाली एश्ले सेन्ट क्लेयर
यीमध्ये केही महिलासँग त मस्कले एक पटकमा दुई दुई बच्चा (जुम्ल्याहा) पनि पाएका छन्।
आफ्नै छोरी भिभियनले त बुवासँग सम्बन्ध नै तोड्न अदालतमा निवेदन दिएकी छिन्। उनले नाम परिवर्तन गरी मस्कसँग आफ्नो नाता पनि काटिसकेकी छन्।
तर मस्क भन्छन् — “सक्षम र बौद्धिक मानिसहरूले सन्तान बढाउनुपर्छ, नत्र मानव सभ्यता नै समाप्त हुन्छ।”
त्यही विश्वासका साथ, उनी आफैं अनेक उपायहरू अपनाएर सन्तान जन्माउने अभियानमा लागेका छन्।
इलोन मस्कको पारिवारिक “नेटवर्क” यति विशाल बन्दैछ कि कति जना सन्तान छन् भन्ने गणना आफैं चुनौतीपूर्ण हुन थालेको छ। आधुनिक समयमा यति फरक पारिवारिक जीवनशैली लिएर अगाडि बढ्ने व्यक्ति सायद मस्क नै हुन्।