तृषा कृष्णनको नयाँ रेकर्ड : फिल्मबाट १२ करोड भारू पारिश्रमिक !

दक्षिण भारतीय सिनेमा क्षेत्रमा आफ्नो चमकिलो उपस्थितिको पहिचान बनाएकी अभिनेत्री तृषा कृष्णनले नयाँ कीर्तिमान बनाएकी छिन्। बहुप्रतीक्षित फिल्म ‘ठग लाइफ’का लागि उनले १२ करोड भारू पारिश्रमिक लिएको खबर बाहिर आएको छ।
भारतीय अनलाइन माध्यम अमर उजालाका अनुसार, तृषाले यस फिल्मका लागि पाएको पारिश्रमिक हालैका बलिउड सुपरस्टारहरू आलिया भट्ट (‘रकी और रानीकी प्रेमकहानी’) र कट्रीना कैफ (‘टाइगर ३’) ले पाएको भन्दा बढी हो।
तमिल र तेलुगु फिल्म उद्योगमा सशक्त अभिनयमार्फत स्थापित तृषाले ‘ठग लाइफ’मार्फत आफ्नो प्रभाव बलिउडसम्म विस्तार गर्दैछिन्। पारिश्रमिकमा देखिएको यो उछालले उनको बढ्दो लोकप्रियता र बजारमूल्य प्रष्ट पार्दछ।
अब दर्शकहरू तृषाको नयाँ अवतारमा अभिनय हेर्न उत्साहित छन्। ‘ठग लाइफ’को रिलिजले तृषाको करिअरलाई अर्को नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।