कोशी प्रदेश खेलकुद विकास बोर्डले कराते खेलमा देखिएको आन्तरिक विवाद समाधानका लागि कदम चालेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गर्दै बोर्डले नेपाल कराते महासंघको प्रदेश समिति स्थापनाको प्रक्रिया अघि बढाएको हो।

बोर्डको २७ औँ बैठकबाट निर्णय भएको यो समिति तीन महिनाभित्र अधिवेशन सम्पन्न गरी पूर्ण समिति गठन गर्ने र त्यसलाई बोर्डमा विधिवत् दर्ता गराउने जिम्मेवारी पाएको छ। बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) का अनुसार, विगतमा आन्तरिक विवादका कारण वैधानिक संरचना बनाउन नसकिएकोले अहिलेको यो प्रयास महत्त्वपूर्ण भएको छ।

तदर्थ समितिका सदस्यहरू: अनिस राजधामी, रेनुका राई, कमिक कुमार राई, अनिल नेपाल, रुपा लिम्बू, रविन राई, मोतीचन्द्र राई, दिपक मगर, विप्लव राई र सागर राउत।

यो तदर्थ समितिले प्रदेशमा कराते खेलको पुनर्गठन र एकिकृत नेतृत्वको आधार तयार पार्ने अपेक्षा गरिएको छ।