चिकित्सा इतिहासमा नयाँ युगको सुरुवात

 काठमाडौं, वैशाख १२ — नेपालको चिकित्सा क्षेत्रले अर्को महत्त्वपूर्ण मोड लिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका एउटै दाताबाट निकालिएको मिर्गौला र कलेजो तीनजनामा सफलतापूर्वक प्रत्यारोपण गरेर नयाँ इतिहास रचेको छ।

१७ वर्षीया किशोरी, जो सडक दुर्घटनापछिको मस्तिष्क मृत्युपछि ‘अंगदाताको’ रूपमा अमर बनिन्। उनको:

एक मिर्गौला — रुपन्देहीका ४७ वर्षीय पुरुषमा

अर्को मिर्गौला — सिराहाका ३५ वर्षीय बिरामीमा

कलेजो — ललितपुरका ६८ वर्षीय वृद्धमा सफलतापूर्वक प्रत्यारोपण गरियो कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. ललितकुमार दास सहित भारतीय विशेषज्ञहरूको टोली अग्रपंक्तिमा रहे।

मिर्गौला प्रत्यारोपणमा प्रा. डा. पवन चालिसे, डा. रविकिरण गौतम, डा. राकेश वर्मा र अन्य नेपाली विशेषज्ञहरूको टोली सक्रिय थियो।

“यो विश्वमै दुर्लभ सफलताको एक उदाहरण हो,” केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ भन्छन्, “नेपालले अब अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्छ भन्ने स्पष्ट संकेत हो।”

नेपालमा वार्षिक रूपमा सयौँ मानिस मस्तिष्क मृत्युमा पुग्छन्। तर अंगदानबारे चेतना अभावका कारण धेरै ज्यान गुमिरहेका छन्।

एउटा मस्तिष्क मृत्यु भएको व्यक्तिले ८ अंग दान गर्न सक्छ। तर हालसम्मको प्रयोग सीमित छ।

यो सफलता केवल चिकित्सा कौशलको विजय होइन, सामाजिक रूपान्तरणको संकेत पनि हो। के नेपाल अब ‘अंगदाता राष्ट्र’ बन्ने मार्गतर्फ लाग्दैछ? सवाल यहाँ छ, उत्तर हामी सबैले मिलेर दिनुपर्नेछ।