युक्रेनमाथि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लगातार आक्रमणबाट दिक्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब कडा कदम चाल्न तयार देखिएका छन्।

पछिल्लो समय पुटिनले युक्रेनको राजधानी किभसहित प्रमुख सहरहरूमा आक्रमण तीव्र बनाएपछि ट्रम्पले रूसविरुद्ध नयाँ प्रतिबन्धको चेतावनी दिएका हुन्।

‘द वॉल स्ट्रीट जर्नल’ ले स्रोतको हवाला दिँदै लेखेको छ कि ट्रम्प प्रशासनले हाल बैंकिङ क्षेत्रमा प्रत्यक्ष प्रतिबन्ध नलगाउने भए पनि पुटिनलाई दबाब दिने वैकल्पिक उपायहरूमाथि गम्भीर छलफल भइरहेको छ।

ट्रम्पले आइतबार सार्वजनिक रूपमा रूसमाथि नयाँ प्रतिबन्धहरू लगाउने सम्भावना रहेको स्पष्ट संकेत दिएका थिए। यो कदम युद्ध अन्त्य गराउने प्रयासका रूपमा हेरिएको छ।

पुटिनको बढ्दो आक्रामकता र ट्रम्पको प्रतिक्रिया अब अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रमा पुगेको छ।